

अष्ट्रेलियामा रहेका नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँको रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।
काठमाडौंको कपन स्थायी घर हुनुभएकी सुनिता भण्डारी हाल अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएको छ। आजको फेशन एण्ड ब्युटी टकमा उहाँसंग सौन्दर्य क्षेत्र सम्बन्धि गरिएको संक्षिप्त कुराकानी :
अष्ट्रेलिया कहिले आउनुभएको हो ? र अहिले कहाँ बसोवास गर्दै हुनुहुन्छ ?
५ वर्ष भयो। २०१६ मा आएकी हूँ। अहिले मेलबर्नमा बस्छु।
फेशनप्रति कत्तिको सौखिन हुनुहुन्छ ?
एकदमै छु। चलेको फेशनबारे अपडेट रहन्छु।
तपाईं कुन ब्राण्डको लुगा लगाउने गर्नुहुन्छ ? लुगा किन्न धेरैजसो कुन ठाउँमा जानुहुन्छ ?
जारा मलाई सबैभन्दा मनपर्ने ब्राण्ड हो। सपिङ्ग गर्न प्राय: Bourke Street जान्छु।
तपाईं बसिरहेको ठाउँको वरिपरि नेपाली फेशन स्टोर या लुगा पसल कत्तिको छन् ?
नजिकमा छैन। चाहेजस्तो किन्न त सिड्नी पुग्नुपर्छ।
नेपाली लुगा लगाउन मन लागेमा अष्ट्रेलियामै किन्नुहुन्छ कि नेपालबाट मगाउनुहुन्छ ?
फर्मल ड्रेसहरु यहीं किन्छु। नेपाल गएको बेलामा पनि ल्याएकी थीएँ। अनि ट्रेडिसनल ड्रेसहरु नेपालबाट नै मगाउँछु।
नेपाली फेशन स्टोर तथा लुगा पसलमा लुगाहरु कत्तिको महँगो छन् ?
यहाँको बजारभाउ, सुविधा, गुणस्तर अनुसार ठिकै छ। त्यस्तो महँगो लाग्दैन मलाई।
नेपाली फेशन स्टोर तथा लुगा पसलबाट लिने लुगाहरुको क्वालिटी कस्तो पाउनुभएको छ ?
ठीकै हुन्छ।
उनीहरुले के कुरामा सुधार गरे हुन्थ्यो भन्ने लाग्छ ?
गुणस्तरमा अझ बढी ध्यान दिए हुन्थ्यो भन्ने लाग्छ।
सलुन या ब्युटी पार्लर कत्तिको जाने गर्नुहुन्छ ?
त्यति धेरै त जाँदिन। महिनामा एक पटक।
नेपाली सलुन या ब्युटी पार्लर जानुभएको छ ?
प्राय: गइरहेको हुन्छु।
कत्तिको महँगो छ ?
महँगो नै छ। तर यहाँको सबै बजारभाउ अनुसार, ठीकै हो।
नेपाली सलुन या ब्युटी पार्लरको सेवा कस्तो लाग्छ ?
राम्रै लाग्छ। हामीलाई भन्न पनि सजिलो हुन्छ। यसरि गरिदिनु, यो नगरिदिनु भन्न पाइन्छ। कम्युनिकेसन ग्याप रहँदैन।
उनीहरुले के कुरामा सुधार गरे अझै राम्रो हुनेथियो भन्ने लाग्छ ?
नेपाली सलुनहरुले नेपाली ग्राहकलाई अलि कम प्राथमिकता दिएजस्तो लाग्छ। नेपाली ग्राहकलाई पनि अरु ग्राहकलाई जत्तिकै सम्मान र प्राथमिकता दिनुपर्छ। अरुलाई जस्तै नेपालीलाई पनि ‘ग्रीट’ गरिदिए राम्रो लाग्ने थियो।
अन्त्यमा, तपाईंले भन्न चाहनुभएको केही कुरा छुट्यो कि ?
नेपाली फेशन स्टोर, सलुन, रेष्टुरेन्ट सबैले मेहनत गरिरहेका छन्। ग्राहकहरुको प्रतिक्रिया बुझेर, त्यही अनुसार मेहनत गरे अझै राम्रो हुन्छ।