अष्ट्रेलियावासी गीतकार विश्व गौडेलको ‘ऐंसेलुको काँडा’ रिलिजको तयारिमा

0
161

मेलबर्न। अष्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा लागिपरिरहनुभएका विश्व गौडेलको नयाँ गीत सार्वजनिक हुनेभएको छ। गौडेलको शब्द रचना रहेको ‘ऐंसेलुको काँडा’ बोलको गीत तथा म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा सार्वजनिक हुन लागेको हो।

गीतकार गौडेलले यस म्युजिक भिडियो मार्फत श्रोता तथा दर्शकले बालापनमा संगै खेलेका युवा युवतीको भावनालाई महसुस गर्न सक्ने बताउनुभएको छ। यो गीत लोक-पप भाकामा रहेको जानकारी दिंदै उहाँले नेपाल आइडलको अघिल्लो सिजनका लोकप्रिय प्रतियोगी किरण भुजेलको स्वरले गीत कर्णप्रिय बनेको बताउनुभयो।गीतमा संगीत शंकर स्माइलको रहेको छ भने एरेन्ज उदय राज पौडेलले गर्नुभएको छ।

गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडलहरु प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा, सुधिर श्रेष्ठ र सुरेन्द्र बसेललाई देख्न सकिनेछ। म्युजिक भिडियोको निर्देशन र्यान कार्कीले गर्नुभएको हो। त्यस्तै, डिजाइनर बिष्णु खड्का र प्रकाश कुमार पुरीको मेहनतले म्युजिक भिडियो अझ सुन्दर बनेको छ ।

गीतकार गौडेलले म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिनको लागि सबैलाई अनुरोध गर्दै म्युजिक भिडियो निर्माणमा सघाउ पुर्याउने सम्पूर्ण प्रायोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

‘ऐंसेलुको काँडा’ BLAKE BROS इन्टरटेनमेन्ट मार्फत सार्वजनिक हुनेछ।