‘अष्ट्रेलियाका नेपाली रेष्टुरेन्टले नेपाली मरमसला, नेपाली स्वादको प्रबर्द्धन गर्नुपर्छ’

0
398

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँ रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

आजको टक सेसनमा हामीले खाना तथा रेष्टुरेन्टको बारेमा कुराकानी ‘फुड टक’ गरेका छौं। फुड टकमा हाल न्यु साउथ वेल्सको Tamworth मा बसोवास गर्दै आउनुभएकी साक्रिता होनासंग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ?
भक्तपुर हो।

अष्ट्रेलिया आउनुभएको कति भयो ?
दुई वर्ष पुग्यो, २०१९ मा आएकी हूँ।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
पढ्दै अनि काम गर्दै। विद्यार्थी हूँ।

खानामा कत्तिको सौखिन हुनुहुन्छ ?
खानाको त सौखिन नै छु।

तपाईंलाई मन पर्ने परिकार कुन हो ?
म:म सबैभन्दा पहिले। अनि नेवारी खाना।

नेपालको कुन खानाको परिकार ‘मिस’ गर्नुहुन्छ ?
नेवारी खाजा सेट मिस गर्छु।

नेपाली रेष्टुरेन्टमा कत्तिको जानुहुन्छ ? तपाईं गइरहने नेपाली रेष्टुरेन्ट कुन हो ?
कहिलेकाहीं। अलि कम जान्छु।

नेपाली रेष्टुरेन्टमा खानाको मूल्य कत्तिको महँगो छ ?
अलिकरी महँगो लाग्यो।

नेपाली रेष्टुरेन्टको सेवा कस्तो पाउनुभएको छ ?
अहिलेसम्म गएका रेष्टुरेन्टमा सर्भिस राम्रै पाएकी छु।

नेपाली रेष्टुरेन्टले आफ्नो सेवा अझ राम्रो बनाउनको लागि के गर्नुपर्ला ?
खानाका परिकारमा भेराइटी बढाउनुपर्छ।

तपाईं बसिरहनुभएको ठाउँ वरिपरि नेपाली रेष्टुरेन्ट कत्तिको छन् ?
यहाँ वरिपरि छैन ।

अन्त्यमा, तपाईंलाई भन्न मन लागेको अरु केही छ कि ?
नेपाली रेष्टुरेन्टहरुले नेपाली सामान, मरमसला, जडिबुटीलाई प्राथमिकता दिनुपर्छ। यसले गर्दा नेपाली इन्ग्रेडियनट्सको प्रबर्द्धन हुन्छ। यसको साथै खानामा टिपिकल नेपाली स्वाद आउँछ। हामीलाई नेपाली खानाको तिर्सना मेटिन्छ भने नेपाली स्वादको प्रबर्द्धन पनि हुन्छ।