शुक्रबारबाट शुरु हुँदै ‘द भ्वाइस अफ नेपाल सिजन -३’

0
50

शुक्रबारबाट गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ सुरु हुने भएको छ । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने जानकारी दिएका छन्।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको
‘ब्लाइन्ड अडिसन’ मा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

भ्वाइसको टिमले यसपटक कोचमा सामान्य परिवर्तन गरेको छ। टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने
आस्था राउत बाहिरिएकी छन् । यसअघिका कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइनेछ ।