अष्ट्रेलियाको सिड्नीमा खोप लगाएका होटल क्वारेन्टिन कामदारमा कोरोना संक्रमण पुष्टि

0
94

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा समुदाय स्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सिड्नी स्थित होटल क्वारेन्टिनमा सेक्युरिटीमा काम गर्ने व्यक्तिमा संक्रमण पुष्टि भएको हो।

ती ४७ वर्षीय व्यक्तिमा कोरोना विरुद्धको फ़ाइजर खोप लिसकेपछि पनि संक्रमण पुष्टि भएको बताइएको छ। उनले मार्च २ मा खोप लिएका थिए। स्वास्थ्य अधिकारीले प्रतिरोधात्मक क्षमतामा प्रभाव पर्नको लागि १४ दिन समय लाग्न सक्ने हुनाले खोप पश्चात पनि संक्रमण पुष्टि भएको हुनसक्ने बताएका छन्।

ती व्यक्ति संक्रमित अवस्थामा पनि काममा गएको पाइएको छ। स्वास्थ्य विभागले ती व्यक्तिले काम गरेको र पुगेका ठाउँहरुलाई जोखिमको सूचीमा राखेको छ। उनमा अन्तर्राष्ट्रिय यात्रीबाट संक्रमण सरेको आशंका गरिएको छ।