वेस्टर्न अष्ट्रेलियाले रिजनल क्षेत्रको माइग्रेसन प्रोग्राममा थप्यो ५० नयाँ पेशा

0
1061

पर्थ। वेस्टर्न अष्ट्रेलियाले रिजनल क्षेत्रको माइग्रेसन प्रोग्राम अन्तर्गत पेशाको सूचीमा ५० नयाँ पेशा थप गरेको छ । वेस्टर्न अष्ट्रेलियाको Kalgoorlie Goldfields Designated Area Migration Agreement (DAMA) मा पेशा थप भएका हुन्।

DAMA प्रोग्राम अष्ट्रेलियन सरकार र रिजनल क्षेत्रबीचको सम्झौता हो। यस प्रोग्राम अन्तर्गत रिजनल राज्य तथा क्षेत्रले आफूलाई आवश्यक दक्ष जनशक्तिको पूर्ति तथा त्यो क्षेत्रको आर्थिक विकासको लागि विदेशी कामदार माग गर्न सक्छन्। जसअन्तगर्त वेस्टर्न अष्ट्रेलियाको Kalgoorlie Goldfields क्षेत्रले आफ्नो सूचीमा ५० पेशा थप गरेको हो। जसले पीआरको लागि बाटो खोल्छन्।

गत वर्ष Kalgoorlie Goldfields को यो सूचीमा ७२ पेशा थिए भने २०२१ मा १ सय २२ पेशा पुगेका छन्। त्यस्तै, पीआरको समयमा स्किल लेभल २ देखि ४ सम्मको लागि ४९ वर्ष र स्किल लेभल १ को लागि ५४ वर्ष उमेरहद तोकिएको छ। Source: SBS News