अष्ट्रेलियाको ट्रेनिंग भिसा प्राप्त गर्नका लागि आवश्यक पर्ने कुराहरु के के छन् ?

0
678

अष्ट्रेलियाको ट्रेनिंग भिसा सबक्लास ( ४०७ ) अन्तर्गत रहेर अष्ट्रेलियामा आफ्नो पेशा, जागिर, सीप आदि सम्बन्धि तालिम लिन सकिन्छ। यो भिसा अस्थायी हो र म्याद अधिकतम दुई वर्ष सम्मको हुन्छ।

यस किसिमको भिसा शुल्क न्युनतम तीन सय दश अष्ट्रेलियन डलर देखि शुरु हुन्छ र भिसा प्रक्रियाका लागि पाँच देखि एघार महिनासम्म लाग्न सक्छ।

ट्रेनिंग भिसा सबक्लास ( ४०७ ) प्राप्त गर्नका लागि आवश्यक पर्ने कुराहरु :
१ – भिसा स्पोन्सर गर्ने संस्था अष्ट्रेलिया सरकारद्वारा स्वीकृत प्राप्त हुनुपर्छ। ***
२ – ट्रेनिंगमा भाग लिनका लागि भिसा स्पोन्सर गर्ने संस्थाद्वारा नोमिनेट भएको हुनुपर्छ।**
३ – भिसा आवेदकको उमेर अठार वर्ष वा सो भन्दा बढी हुनुपर्छ।
४ – स्वास्थ्य अवस्था र अष्ट्रेलिया सरकारले तोकेको  मापदण्ड अनुसार हुनुपर्छ।
५ – भिसा आवेदकको चारित्रिक प्रमाणपत्र सकरात्मक हुनुपर्छ।
६ – स्वास्थ्य बिमा गरिएको हुनुपर्छ।
७ – अंग्रेजी भाषा जानेको हुनुपर्छ।

विस्तृत जानकारीको लागि immi.homeaffairs.gov.au मा जानुहोस् या माइग्रेसन एजेन्टलाई सम्पर्क गर्नुहोस्।