अष्ट्रेलियाद्वारा यो वर्ष २० वर्ष यताकै सबैभन्दा कम स्किल्ड इनडिपेनडेण्ट भिसा जारि

0
1884

मेलबर्न। अष्ट्रेलियाले यो वर्ष अर्थात् २०२१ को पहिलो इन्भिटेसन राउण्डमा ३६३ आवेदनको लागि इन्भिटेसन जारि गरेको छ। यो विभिन्न पेशाको लागि जारी गरिएको इन्भिटेसन हो। कुल ३६३ इन्भिटेसन मध्ये स्किल्ड इनडिपेनडेण्ट भिसामा दुई सय र स्किल्ड वर्क रिजनल प्रोभिजनल भिसामा १६३ इन्भिटेसन जारि भएका छन्।

त्यस्तै, आर्थिक वर्ष २०२०-२१ मा स्टेट तथा टेरिटोरि नोमिनेसन बाहेक १ हजार ७ सय ७३ इन्भिटेसन जारी भएका छन्। एसबिएस हिन्दिका अनुसार, यो आर्थिक वर्ष अर्थात् २०२१-२१ मा २० वर्ष यताकै सबैभन्दा कम स्किल्ड इनडिपेनडेण्ट भिसा जारि हुने देखिएको छ।