पौडी खेल्दै गरेका ८ वर्षीय बालकलाई गोहीले निल्यो !

0
675

पौडी खेल्दै गरेका आठ वर्षीय बालकलाई गोहीले निलेको छ। इन्डोनेसियामा भएको यो घटनाले सबैलाई स्तब्ध बनाएको छ। उक्त गोहीको पेटबाट बालकको शव निकालेको भिडियो सामाजिक संजालमा फैलिरहेको छ।

गत बुधबार ती बालक आफ्नो घर नजिकैको खोलामा पौडी खेल्न गएका थिए। उनी दाईसंग पौडी खेल्दै थिए भने उनीहरुका बुवाले घरबाट नै उनीहरुलाई हेरिरहेका थिए। यत्तिकैमा एउटा गोही आयो र ती बालकमाथि आक्रमण गर्यो।

बालकका बुवाले गोहीलाई ढुंगाले हान्दै छोरालाई बचाउने प्रयास गरे। तर गोहीले ती बालकलाई निल्यो र त्यहाँबाट भाग्यो। स्थानीयहरुले त्यो गोहीलाई खेद्दै गए र समाते। त्यसपछि हेर्दा गोहीको पेटमा ती बालकको शव भेटिएको थियो।