अष्ट्रेलियाको भिक्टोरियामा घरजग्गाको मूल्यको मासिक वृद्धिदर १७ वर्ष यताकै उच्च

0
234

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा घर जग्गाको मूल्य अहिले ह्वात्तै बढ्दै गएको छ। यहाँको घर जग्गाको मूल्यको मासिक वृद्धिदर अहिले १७ वर्ष यताकै सबैभन्दा उच्च रहेको बताइएको छ।

सेभेन न्युजका अनुसार, भिक्टोरियाका ठाउँ मध्ये हाल Mornington Peninsula मा घरजग्गाको मूल्यको वृद्धिदर सबैभन्दा उच्च रहेको छ। अक्टोबर देखि बढ्न थालेको मेलबर्नको घर जग्गाको मूल्य अहिले फेब्रुअरी सम्म आउँदा २.१ प्रतिशतका दरले बढेको छ।

त्यस्तै, भिक्टोरियाको घर जग्गाको मूल्य वेस्टमा २.५ प्रतिशत र साउथ इस्टमा १.९ प्रतिशतका दरले वृद्धि भएको छ। विज्ञहरुका अनुसार आगामी १० महिनासम्म भिक्टोरियाको घर जग्गाको मूल्यमा वृद्धि हुनेछ।