साउथ अष्ट्रेलियाले फेरी थप्यो दक्ष पेशाको सूचीबाट हटाएका पेशा

0
1694

एडलेड। साउथ अष्ट्रेलियाले दक्ष पेशाको सूचीबाट हटाएका पेशा फेरी थपेको छ। साउथ अष्ट्रेलियाले कुक लगायतका पेशा थप गरेको हो।

साउथ अष्ट्रेलियाले स्किल्ड इनडिपेनडेन्ट भिसा प्रोग्राम (सबक्लास १९० र सबक्लास ४९१) गत फेब्रुअरी ८ गते सुचारु गरेको थियो। भिसा प्रोग्राम सुचारु गर्न भन्दा पहिले साउथ अष्ट्रेलियाले दक्ष पेशाको सूची सार्वजनिक गरेको थियो। जसमा कुक, मोटर मेकानिक, म्यानेजमेन्ट अकाण्टेण्ट र एक्स्टर्नल अडिटर पेशा हटाइएका थिए।

साउथ अष्ट्रेलियाले हटाइएका ती चार वटै पेशा फेरी थपेको छ। एसबिएस न्युजले उल्लेख गरे अनुसार, कोटा पुगेपछि ती पेशा फेरी बन्द हुनेछन्।