भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुजीत बस्नेत

0
97

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपाली समुदायका क्रिकेट क्लबहरुको प्रतिनिधि संस्थाको रुपमा परिचित भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले नयाँ कार्यसमिति चयन गरेको छ। हंग्रीआईज फंक्सन सेन्टरमा आयोजित भेलाबाट नयाँ कार्यसमितिको चयन गरिएको हो।

भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सुजीत बस्नेत चयन हुनुभएको छ। त्यस्तै संस्थाको उपाध्यक्षमा सन्दिप बोगटी, सचिवमा सुमन्यू थापा, कोषाध्यक्षमा सचिन बुढाथोकी र क्रिकेट संयोजकमा सविन अधिकारी चयन हुनुभएको छ। भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनको नयाँ कार्यसमितिको सदस्यमा विभिन्न ६ क्रिकेट क्लबका प्रतिनिधि समावेश रहेका छन्। जसका लागि रोयल राईनोजबाट युत्सुभ, हिमालयन क्लबबाट सुविस पन्त, एक्सपर्ट सगरमाथा ब्लूजबाट सजेन्द्र श्रेष्ठ, माभेन क्रिकेट क्लबबाट सुदिप, फार वेष्टबाट धिरेन्द्र कुँवर र नारेवारेनबाट किशोर कँडेल चयन हुनुभएको छ।

संस्थाको नयाँ कार्यसमितिको संरक्षकमा विनित शर्मा तथा सल्लाहकारहरुमा राजन मास्के, यशवन्त सुवेदी र विनोद लामा रहने हुनुभएको छ। कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

भेलालाई सम्बोधन गर्दै संस्थाका नवनिर्वाचित अध्यक्ष सुजीत बस्नेतले सबै सरोकारवाला व्यक्ति तथा संघ संस्थाहरुसंग सहकार्य गरेर नेपाली समुदायको क्रिकेट खेल क्षेत्रलाई माथि लैजान सकिने किसिमका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा सबैको साथ तथा सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिको अध्यक्ष पदमा आफूलाई योग्य ठहराएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।