अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या घट्यो, नयाँ संक्रमितको संख्या शुन्य

0
84

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज पनि शुन्य कायम रहेको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ६ हजार ९ सय ७२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। भिक्टोरियामा सक्रिय संक्रमितको संख्या घटेर आज ११ पुगेको छ।