अष्ट्रेलिया सरकारले कृषि क्षेत्रमा काम गर्नेहरुलाई भिसा सम्बन्धि नियममा दिएको छुट

0
864

कोभिड – १९ को प्रकोपले संसारका विभिन्न व्यवसायलाई निकै नकारात्मक प्रभाव पार्यो। तर कृषि क्षेत्रमा खासै नोक्सान भएन किनभने अरु सबै काम रोकिए पनि मानिसलाई जीवन धान्न खानाको आवश्यकता रोकिएन। त्यसैले कृषि क्षेत्रलाई उकासेर देशको अर्थतन्त्रलाई बलियो बनाउन अहिले अष्ट्रेलिया सरकारले कृषि क्षेत्रमा काम गर्नेहरुलाई भिसा सम्बन्धि नियममा केहि छुटको व्यवस्था गरेको छ।
ति हुन् :

१ – सबै Working Holiday Makers ले अष्ट्रेलियाको कृषि क्षेत्रमा काम गर्न अनुमति छ ।
२ – Working Holiday Makers ले एउटा एम्प्लोयरसँग छ महिना भन्दा बढी समयसम्म काम गर्न सक्छन्।
३ – कृषि क्षेत्रमा तीन देखि छ महिनासम्म स्पेसल काम गरेको अनुभव भएको व्यक्तिले दोस्रो अथवा तेस्रो Working Holiday Makers भिसा पाउन सक्छ।
४ – कृषि क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा हरेक पन्ध्र दिनको चालिस घण्टाभन्दा बढी काम गर्ने अनुमति पाउँछ।
५ – सबै Temporary Graduates विद्यार्थीलाई कृषि क्षेत्रमा काम गर्ने अनुमति छ।
६ – कृषि क्षेत्रमा काम गर्ने Temporary visa holders ले COVID-19 Pandemic Event visa का लागि आवेदन दिन सक्छन् र आगामी बार्ह महिनाका लागि अष्ट्रेलियामा बस्न र कृषि क्षेत्रमा काम गर्न पाउँछन्। आफ्नो पहिलाको भिसा सकिनुभन्दा नब्बे दिन अगाडि नै COVID-19 Pandemic Event visa का लागि आवेदन दिनुपर्छ। यस किसिमको भिसाका लागि कुनै शुल्क लाग्दैन।
७ – Safe Haven Enterprise visa (SHEV) र Temporary Protection visa (TPV) holders ले कृषि क्षेत्रमा काम गर्ने पाउने अधिकार पाउछन्।
८ – Seasonal Worker Programme and Pacific Labour Scheme visa holders ले अष्ट्रेलियाको कृषि क्षेत्रमा काम गर्न र आफ्नो बसाई को समय लम्बाउन सक्छन् साथै एक भन्दा बढी एम्प्लोयेरसँग काम गर्न पाउँछन्।

विस्तृत जानकारीको लागि >> https://immi.homeaffairs.gov.au/