अष्ट्रेलियामा नेपाली पत्रकारको निधन !

0
190

सिड्नी। अष्ट्रेलियामा पत्रकारको रुपमा आफ्नो परिचय बनाएका नेपाली मूलका टीका कार्कीको निधन भएको छ। कार्की सिड्नी स्थित आफ्नो निवासको ओछ्यानमै मृत अवस्थामा भेटिएका हुन्।

एक्लै बस्दै आएका पत्रकार कार्कीलाई सम्पर्क गर्न खोज्दा फोन नउठेपछि उनकी बहिनीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले ढोका फोरेर हेर्दा उनी ओछ्यानमा अचेत अवस्थामा ढलेको भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि तत्कालै उनलाई अस्पताल पुर्याइएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्यो।

कार्कीका एक श्रीमति र दुइ छोराहरु छन् तर उनीहरु नेपालमै बस्दै आएका छन्। पत्रकार कार्की भने १९९६ मा अष्ट्रेलिया आएर संचारमाध्यम र सामाजिक काममा सक्रिय रहँदै आफ्नो परिचय स्थापित गर्ने क्रममा थिए। पछिल्लो समय उनले सिड्नीस्थित स्किड रो रेडियोमा नेपाली कार्यक्रम हिमालयन रेडियो संचालन गर्दै आएका थिए। बाग्लुङ स्थायी घर भएका कार्कीको शव नेपाल लैजानको लागि विभिन्न संघ संस्थाले शुरु गरेका छन्।

अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा), एनआरएनए अष्ट्रेलिया लगायत संघ संस्थाहरुले विज्ञप्ति जारि गर्दै पत्रकार टिका कार्कीको निधनप्रति शोक व्यक्त गरेका छन्।