अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यद्वारा बिजनेस भिसाको नियममा परिवर्तन

0
1019

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले बिजनेस भिसाको नियममा परिवर्तन गरेको छ। बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले साना व्यवसाय भिसा ( Small Business Owner ) सबक्लास ४९१ का लागि नियममा परिवर्तन गरेको हो।

यो भिसा क्विन्सल्याण्डमा पीआर प्राप्त गर्न चाहने साना व्यवसायी माझ लोकप्रिय मानिन्छ। आगामी अप्रिल १ देखि लागु हुनेगरि बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले यो भिसाको लागि नियममा केही परिवर्तनको घोषणा गरेको छ । यसले गर्दा साना व्यवसायीलाई पहिले जस्तो सहज नहुने मानिएको छ।

घोषणा गरिएको नयाँ नियम अनुसार, व्यवसाय दुई वर्ष पूरानो हुनुपर्नेछ। यसअघि एक वर्ष पूरानो व्यवसायलाई मान्यता दिइन्थ्यो। त्यस्तै, अब उक्त व्यवसायमा भिसा आवेदकले एक लाख डलर खर्च गरेको हुनुपर्नेछ। यसअघि सम्पूर्ण लगानीलाई जोडेर १ लाख डलर खर्च भएको हुनुपर्ने नियम थियो।

यसका साथै बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले रिजनल क्षेत्रमा भएको व्यवसाय, रोजगारी सिर्जना गर्ने व्यवसाय र कोरोना महामारीबाट माथि उठ्न सहयोग पुग्ने व्यवसायलाई प्राथमिकता दिने उल्लेख गरेको छ। त्यस्तै, यो परिवर्तित नियम अप्रिल १, २०२१ भन्दा अगाडी किनिएका व्यवसायको लागि लागु नहुने बताइएको छ। Source: SBS News