अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य कायम

0
81

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज शुन्य रहेको छ।

आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ७ हजार ४ सय ४० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या १५ रहेको छ।