टिकटक क्विनमा पल शाह र दुर्गेश थापा

0
523

काठमाडौं– अभिनेता तथा मोडलद्वय पल शाह तथा दुर्गेश थापा पुन: एक पटक एउटै गीतको म्युजिक भिडियोमा देखिएका छन् । गायिका रचना रिमाल तथा गायक कृष्ण ढकालको यूगल गीत ‘टिकटक क्विन : सुपरम्यान’ को म्युजिक भिडियोमा उनीहरु प्रस्तुत भएका हुन् ।

डान्सिङ शैलीको यस गीतमा तिलक बस्नेतको शब्द तथा संगीत सुन्न सकिन्छ ।यो गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन् ।म्युजिक भिडियोमा पल र दुर्गेशसंगै गरिमा शर्मा तथा रुची बिश्वासले आकर्षक नृत्य तथा अभिनय गरेका छन् ।

राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।