अष्ट्रेलियाको भिक्टोरियामा समुदाय स्तरमा दुई जनामा कोरोना संक्रमण पुष्टि

0
77

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका दुई जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९४ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

समुदाय स्तरमा थपिएका नयाँ संक्रमितहरु यस अघि होटल क्वारेन्टिनमा देखिएको संक्रमणसंग सम्बन्धित रहेको बताइएको छ। नजिकको सम्पर्कका आधारमा दुवै जना क्वारेन्टिनमा रहेका थिए र क्वारेन्टिनमै रहेको समयमा पोजेटिभ देखिएका कारण समुदायमा उनीहरुबाट संक्रमण सर्ने जोखिम रहेको छैन। त्यसैले भिक्टोरियाले आज रातीदेखि प्रतिबन्धहरु थप खुकुलो बनाउने घोषणा समेत गरेको छ।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमित निको हुने क्रममा छन्। भिक्टोरियामा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ रहेको छ।