नारी निकुञ्ज अष्ट्रेलिया न्यूसाउथवेल्सको बृहत् भेला सम्पन्न

0
115

सिड्नी। नारी निकुञ्ज अष्ट्रेलिया न्यूसाउथवेल्सको बृहत् भेला सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको महिला फोरम नारी निकुञ्ज अष्ट्रेलिया न्यूसाउथवेल्सको बृहत् भेला सिड्नी स्थित ईन्द्रेणी फंक्सन सेन्टरमा सम्पन्न भएको हो।

भेलामा ७१ जना सहभागी रहेको नारी निकुञ्ज न्यूसाउथवेल्सकी संयोजक मोनी लिम्बुले जानकारी गराउनुभयो। संयोजक लिम्बुले लैंगिक समानता, नारी सशक्तिकरणका मुद्दालाई अझ बलियो बनाउंदै सबैले एकताबद्ध भूमिका निर्वाह गर्ने उद्देश्यका साथ भेला आयोजना गरिएको जानकारी गराउनुभयो।

भेलामा एनआरएन ओसेनिया महिला संयोजक जानकी पौडेल, अष्ट्रेलिया संयोजक सन्ध्या शाह, नारी निकुञ्ज अष्ट्रेलियाका पूर्वसंयोजकहरु लगायतको उपस्थिति रहेको थियो। सहभागीहरुमाझ एकताबद्ध भई कसरी आफ्नो अधिकारको लागि बोल्न तथा अगाडी बढ्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो।

संयोजक लिम्बुले नारी निकुञ्जको नेतृत्वमा रहेका विगतदेखिका हालसम्मका नेतृगण, साधारण सदस्य र समूदायमा रही योगदान गरेकाहरुलाई एकठाउँमा भेला गरी उत्सव मनाइएको बताउनुभयो।