अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ७ जना अन्तर्राष्ट्रिय यात्रीमा कोरोना संक्रमण पुष्टि

0
101

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १७ हजार ९ सय १९ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो।

न्यु साउथ वेल्समा समुदाय स्तरमा भने नयाँ संक्रमितको संख्या शुन्य कायम रहेको छ। थपिएका नयाँ संक्रमित सबै होटल क्वारेन्टिनमा बसिरहेका अन्तर्राष्ट्रिय यात्री हुन्।