अष्ट्रेलियाको भिक्टोरियामा सक्रिय संक्रमितको संख्या १६

0
62

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य कायम रहेको छ।

बिहीबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १८ हजार २ सय ८२ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये कसैमा पनि संक्रमण देखिएन।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। हाल भिक्टोरियामा सक्रिय संक्रमितको संख्या १६ रहेको छ।