अष्ट्रेलियन टुरिस्ट भिसामा कति समयसम्म अष्ट्रेलियामा बस्न पाइन्छ ?

0
1027

अहिलेको समयमा सबैजसो मानिसका साथीभाई तथा आफन्त अध्ययन र जागिरको सिलसिलामा अष्ट्रेलियामा बसाई सराई गरिरहेका छन्। यस्तो अवस्थामा उनीहरुलाई भेट्न जानका लागि अष्ट्रेलियाको टुरिस्ट भिसाका लागि आवेदन दिन सकिन्छ।

भिजिटर भिसा ( सबक्लास ६०० ) को टुरिस्ट स्ट्रिम अन्तर्गतको भिसामा पर्यटकको रुपमा अष्ट्रेलिया आउन, अष्ट्रेलियामा रहेका आफन्त साथीभाई भेट्न र क्रुजमा जान सकिन्छ। यो भिसाको समय अवधि तीन, छ र बाह्र महिना सम्मको हुन्छ। यो भिसाको प्रोसेसिङ्ग समय छ महिनादेखि नौ महिनासम्म लाग्न सक्छ।

भिजिटर भिसा ( सबक्लास ६०० ) को टुरिस्ट स्ट्रिम भिसाको शुल्क एक सय पैंतालीस अष्ट्रेलियन डलर रहेको छ। यो भिसाका लागि आवेदन दिँदा र भिसा स्वीकृत नभए सम्मको समयमा भिसा आवेदक अष्ट्रेलिया बाहिर हुनुपर्छ।

यस भिसामा अष्ट्रेलियामा रहँदा कुनै पनि जागिर गर्न, व्यवसाय गर्न र उपचार गर्न अनुमति छैन। स्वास्थ्य बिमा गरेको हुनुपर्छ र भिसाको म्याद सकिनु अगाडि नै अष्ट्रेलिया छोड्नुपर्छ।