सर्वोच्चको फैसलापछि प्रचण्डले भनेः अब केपीसँग सहमति हुँदैन

0
43

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले उचित फैसला गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुनै सम्झौता नहुने प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्र अ‍ोलीसँग कुनै सहमतिको सम्भावना नरहेको बताएका हुन् ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ ।’