संसद विघटन बदर गरेर सर्वोच्चले संवैधानिक दायित्व पुरा गर्‍योः सभापति देउवा

0
21

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभापति देउवाले सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद दिएका छन् ।उनले आफूले संसद विघटनमा सुरुदेखी नै सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको स्मरण गरेका छन् ।

‘सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु’, उनले भने । उनले संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको बताएका छन् ।

‘संसद विघटनका विषयमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो’, उनले भने, ‘सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।’