“अष्ट्रेलियाका नेपाली रेष्टुरेन्टले ग्राहकको ‘फिडब्याक’ लिने गरे राम्रो हुन्थ्यो”

0
159

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँ रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

आजको टक सेसनमा हामीले खाना तथा रेष्टुरेन्टको बारेमा कुराकानी ‘फुड टक’ गरेका छौं। आजको फुड टकमा हाल सिड्नीमा बसिरहनुभएका रिकेश राजकर्णिकासंग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ?
ललितपुरको बालकुमारीमा हो ।

अष्ट्रेलिया आउनुभएको कति भयो ?
तीन वर्ष पुग्यो।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
विद्यार्थी भिसामा आएको हूँ। पढ्दैछु।

खानामा कत्तिको सौखिन हुनुहुन्छ ?
त्यति धेरै सौखिन होइन। ठिकै।

तपाईंलाई मन पर्ने परिकार कुन हो ?
सबैभन्दा बढी मन पर्ने म:म।

नेपालको कुन खानाको परिकार ‘मिस’ गर्नुहुन्छ ?
नेवारी खाजा सेट मिस गरेको छु।

तपाईं बसिरहनुभएको ठाउँ वरिपरि नेपाली रेष्टुरेन्ट कत्तिको छन् ?
छन्।

नेपाली रेष्टुरेन्टमा कत्तिको जानुहुन्छ ? तपाईं गइरहने नेपाली रेष्टुरेन्ट कुन हो ?
गइरहन्छु। धेरैजसो AD’s किचन जान्छु।

नेपाली रेष्टुरेन्टमा खानाको मूल्य कत्तिको महँगो छ ?
अलि महँगो लाग्छ ।

नेपाली रेष्टुरेन्टको सेवा कस्तो पाउनुभएको छ ?
केही राम्रा छन्। केहीले चाहिं नेपाली परिकार मिस गर्छन्। कस्टमर सर्भिस पनि त्यति राम्रो हुँदैन।

नेपाली रेष्टुरेन्टले आफ्नो सेवा अझ राम्रो बनाउनको लागि के गर्नुपर्ला ?
नेपाली रेष्टुरेन्टहरुले ग्राहकको ‘फिडब्याक’ लिने गर्दैनन्। प्याकेजिङ्ग पनि राम्रो हुँदैन। त्यस्तै, आउट अफ स्टक भएको कुरा थाहा हुँदैन। यी कुरामा सुधार गरेर कस्टमर सर्भिस राम्रो बनाए हुन्थ्यो भन्ने लाग्छ।

अन्त्यमा, तपाईंलाई भन्न मन लागेको अरु केही छ कि ?
त्यही हो, नेपाली रेष्टुरेन्टको मेनुमा विविधता हुनुपर्यो अनि व्यवस्थापनमा ध्यान दिनुपर्यो।