अष्ट्रेलियाको स्टुडेन्ट भिसाको प्रोसेसिङ्ग समय कति हुन्छ ?

0
248

अष्ट्रेलियाको स्टुडेन्ट भिसाको प्रोसेसिङ्ग समय कुन तह या विधा अन्तर्गतको भिसा हो, सो अनुसार फरक-फरक हुन्छ। यस्तो छ इमिग्रेसन विभागले उल्लेख गरेको अष्ट्रेलियाको स्टुडेन्ट भिसाको तह या विधा अनुसारको प्रोसेसिङ्ग समय :

१ – Foreign Affairs or Defence Sector – बत्तीस देखि पचहत्तर दिन

२ – Postgraduate Research Sector – चार देखि आठ महिना

३ – Non-Award Sector – नौ देखि दश महिना

४ -Schools Sector – पाँच देखि नौ महिना

५ – Independent ELICOS Sector – चार देखि छ महिना

६ – Vocational Education and Training Sector – चार देखि पाँच महिना

७ – Higher Education Sector – बहत्तर दिन देखि पाँच महिना

आवेदन भर्दा भर्नुपर्ने फर्म सहि ढंगबाट नभरेमा र आवेदनसँग बुझाउनुपर्ने सबै कागजात नबुझाएमा भिसा प्रोसेसिङ्गमा ढिलाई हुनसक्छ। त्यस्तै भिसा शुल्क बुझाउँदा सहि भिसा शुल्क नबुझाएमा भिसा आवेदनको प्रक्रिया रोकिन्छ।

स्टुडेन्ट भिसाको म्याद पाँच वर्षको हुन्छ। भिसाको म्याद रहेसम्म अष्ट्रेलिया बाहिर जान र अष्ट्रेलिया प्रवेश गर्न रोक हुँदैन। स्टुडेन्ट भिसामा अष्ट्रेलियाका युनिभर्सिटीहरुमा योग्य पाठ्यक्रमको अध्ययनका लागि भर्ना हुन सकिन्छ।

स्टुडेन्ट भिसामा रहेर पढाई शुरु भइसकेपछि दुई हप्तामा चालिस घण्टा काम गर्ने अनुमति हुन्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form