काठमाडौँ उपत्यकाका स्वास्थ्यकर्मीमध्ये आधामा कोरोना संक्रमण

0
151

काठमाडौँ उपत्यकाका स्वास्थ्यकर्मी मध्ये झन्डै आधामा अत्याधुनिक सिएलआइए बेस्ट एन्टीबडी टेस्टमार्फत जाँच गर्दा कोभिड-१९ संक्रमण भएको पाइएको छ।  

डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिडको एन्टीबडीको व्यापकता  पत्ता लगाउन अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जाँच गर्दा यस्तो पत्ता लागेको हो ।  

एन्टी बडीको जाँच गर्दा औसतमा मङ्सिरको पहिलो दुइ सातासम्म ४५.३ प्रतिशतमा कोभिड- १९ रहेको अध्ययनले देखाएको थियो। अस्पतालको व्यापकता भने ३२.२ देखि ५७.२ प्रतिशत रहेको अध्ययनले देखाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जानकारी दिएको छ। 

काठमाडौँको २० अस्पतालमा ८ सय स्वास्थ्यकर्मीको नमुना लिएकोमा १८ प्रतिशत डाक्टर, ३६ प्रतिशत नर्समा २२ प्रशासनिक कर्मचारी , ७ प्रतिशत ल्याबका कर्मचारी र अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको अध्ययनमा पाईएको थियो।