युवाहरुमा गीत मार्फत उत्प्रेरणा भर्दै अष्ट्रेलियावासी उज्ज्वल

0
112

मेलबर्न। अष्ट्रेलियामा रहेर नेपाली र्याप गीत संगीतमा आफ्नो परिचय बनाउँदै गरेका उज्ज्वल घिमिरे (Ujk) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

हरेक दिनको संघर्ष, सामाजिक दबाब, पारिवारिक दायित्व, आफ्नो लक्ष्य तथा चाहना आदिका कारण युवाहरुलाई आफ्नो जीवनमा सन्तुलन नमिलेको महसुस हुन्छ। जसले गर्दा उनीहरु निराशामा धकेलिन्छन्। अष्ट्रेलियामा विद्यार्थीको रुपमा आएर आफैले पनि संघर्ष गरेका तथा आफ्नो गीत संगीतको प्रतिको रुचीलाई अगाडी ल्याइरहेका उज्ज्वलले युवाहरुलाई आफ्ना अनुभवहरु सहितको उत्प्रेरक म्युजिक भिडियो ल्याएका हुन्।

‘मै हूँ’ बोलको गीतमा शब्द तथा स्वर उज्ज्वल (Ujk ) को रहेको छ । गीतलाई म्युजिक भिडियोको रुपमा प्रस्तुत गर्ने काम अभियान थापाले गरेका हुन्। म्युजिक भिडियोमा मिक्सिंग तथा मास्टरिङ्ग भने निर्माता समेत रहेका मिस्टा चाम-ब्लिङ्ग (सौरभ ठकुरी)ले गरेका हुन्।