साउथ अष्ट्रेलियाले दक्ष पेशाको सूचीबाट हटायो कुक लगायत यी चार पेशा

0
2461

एडलेड। साउथ अष्ट्रेलियाले दक्ष पेशाको सूची अपडेट गरेको छ। साउथ अष्ट्रेलियाले दक्ष पेशाबाट केही पेशा हटाउँदै सूची अपडेट गरेको एसबिएस न्युजले उल्लेख गरेको छ ।

सूचीबाट कुक लगायत चार पेशा हटाइएका छन्। हटाइएका पेशाहरु कुक, मोटर मेकानिक, म्यानेजमेन्ट अकाउण्टेण्ट र एक्सटर्नल अडिटर हुन्।

साउथ अष्ट्रेलियाले सबक्लास १९० र सबक्लास ४९१ को लागि गत ८ फेब्रुअरीदेखि आवेदन खुल्ला गरेको थियो। आवेदन खुल्ला गर्नुअघि पनि साउथ अष्ट्रेलियाले सूची अपडेट गरेको थियो। उक्त सूचीमा अकाउण्टेण्ट पेशा पनि परेको थियो।

अपडेट गरिएको नयाँ सूचीको लागि क्लिक गर्नुहोस् >> south-australia-skilled-occupation-list