अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए चार नयाँ संक्रमित

0
25

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरसका चार जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्ल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १० हजार १ सय ७७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो।

न्यु साउथ वेल्समा समुदाय स्तरमा भने नयाँ संक्रमितको संख्या शुन्य कायम रहेको छ। थपिएका नयाँ संक्रमित सबै होटल क्वारेण्टिनमा रहेका अन्तर्राष्ट्रिय यात्री हुन्।