अष्ट्रेलियामा आफ्ना बुवा-आमालाई लैजान सकिने ‘स्पोन्सर्ड प्यारेन्ट भिसा’ र यसको शुल्क

0
4782

अष्ट्रेलियामा आफ्नो बुवा-आमालाईसँगै राख्न स्पोनसर्ड पेरेन्ट टेम्पोररी भिसा ( सबक्लास ८७० )का लागि आवेदन दिन सकिन्छ। अष्ट्रेलियन नागरिक, पीआर पाएको व्यक्ति वा न्युजिल्याण्डको नागरिकले यस किसिमको  भिसाको स्पोन्सर गर्न सक्छन्।

भिसाका लागि आवेदन दिनुभन्दा पहिला पेरेन्ट स्पोन्सरका लागि स्वीकृति प्राप्त हुनुपर्छ। स्वीकृति प्राप्त गरेको छ महिना भित्र भिसाका लागि आवेदन दिनुपर्छ। यस किसिमको भिसा प्राप्त गरेको  व्यक्ति अष्ट्रेलियामा तीन देखि पाँच वर्ष सम्म बस्न सक्छ। त्यो भन्दा बढी बस्ने इच्छा भएमा पछि गएर दश वर्षसम्मको भिसाका लागि आवेदन दिन सकिन्छ ।

यो भिसाको प्रोसेसिङ्ग टाइम चारदेखि पाँच महिनाको हुन्छ। तीन वर्षे भिसाका लागि पाँच हजार र पाँच वर्षे भिसाका लागि दश हजार अष्ट्रेलियन डलर शुल्क लाग्दछ।

यस भिसा अन्तर्गत अष्ट्रेलिया आउने व्यक्तिले जागिर गर्ने अनुमति पाउँदैन। तर भिसाको म्याद रहेसम्म अष्ट्रेलिया बाहिर जान र अष्ट्रेलिया प्रवेश गर्न रोक हुँदैन। विस्तृत जानकारीको लागि >> https://immi.homeaffairs.gov.au/