सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १२ हजार १ सय ७५ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।
न्यु साउथ वेल्समा समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य कायम रहेको छ। थपिएका नयाँ संक्रमित होटल क्वारेन्टिनमा रहेका अन्तर्राष्ट्रिय यात्री हुन्।