अष्ट्रेलियाको भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य कायम

0
33

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा मा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आज पनि शुन्य कायम रहेको छ।

सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा ८ हजार २ सय ७७ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये सबैको नतिजा नेगेटिभ रह्यो।

त्यस्तै, भिक्टोरियामा सक्रिय संक्रमित पनि निको हुने क्रममा छन्। भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २५ रहेको छ।