“अष्ट्रेलियामा पनि त्यही हो: बोल्नेको बिक्छ, नबोल्नेको बिक्दैन”

0
1201

नेपालबाट अष्ट्रेलिया आएर हाल अध्ययनरत विद्यार्थीहरुको अनुभव साट्ने ठाउँको रुपमा यो ‘स्टुडेन्ट टक’ शुरु गरिएको हो। यस अन्तर्गत आज हामीले कपिलवस्तु स्थायी घर भई हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गरिरहेका माधव अधिकारीसंगको कुराकानी समावेस गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
दुई वर्ष अगाडी आएको हूँ ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
+२ सकेर आएको हूँ।

अहिले कुन विषय पढ्दै हुनुहुन्छ ?
आइटिको विद्यार्थी हूँ। Rashford कलेजमा डिप्लोमा गर्दैछु।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
पढाइ-काम बाहेक वर्कआउटको लागि समय निकाल्छु।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा छँदा नै यहाँ आएपछि दु:ख गर्नुपर्छ भन्ने बुझेको थिएँ। तर सोंचेको र भोग्ने कुरामा फरक हुन्छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
शुरुमा गाह्रो भयो। अहिले त ठिकै छ।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन् ?
जिन्दगीका सुख दु:खहरु सिकिन्छ। आत्मनिर्भर बनिन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
अहिले धेरै कम्पिटिसन छ, त्यसैले काममा पनि गाह्रो छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
सामाजिक बन्न सिकायो। सिप सिक्नुपर्छ भन्ने ज्ञान दियो र आत्मनिर्भर बनायो।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउन हतार नगर्नुहोस्। राम्रोसंग बुझेर मात्र निर्णय लिनुहोस्।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
परिवारले विद्यार्थीलाई साथ दिनुपर्छ। काम र पढाइले गर्दा विद्यार्थी प्रेसरमा हुन्छन्। त्यसमाथि परिवारले पैसाको कुरा गर्दा उनीहरुलाई मानसिक तनाव हुन्।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
जहाँ गएपनि काम गर्ने नै हो बाँचुन्जेल। यहाँ पनि सबैको ठिकै देख्छु। त्यही हो, अष्ट्रेलियामा पनि बोल्नेको बिक्छ, नबोल्नेको केही बिक्दैन।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form