अष्ट्रेलियाको पार्टनर भिसाको लागि प्रोसेसिङ्ग समय कति लाग्छ ?

0
144

संसारभरका मानिसहरु अहिले अध्ययन तथा जागिरको सिलसिलामा विभिन्न ठाउँमा बसाई-सराई गरिरहेका छन्। त्यस्तै अष्ट्रेलिया आउने अन्तर्राष्ट्रिय व्यक्तिहरुको संख्यामा पनि दिन प्रतिदिन वृद्धि भैरहेको छ। यहाँ अध्ययन अथवा जागिरको कारण आएको व्यक्तिले आफ्नो पार्टनर अथवा परिवारलाई पनि आफूसँगै अष्ट्रेलियामा बस्ने अनुमतिका लागि भिसा आवेदन दिन सक्छ।

अष्ट्रेलियाको पार्टनर भिसा मुख्यतया: दुई प्रकारका छन्, पार्टनर टेम्पोररी भिसा र पर्मानेन्ट पार्टनर भिसा । अष्ट्रेलियाको पार्टनर टेम्पोररी भिसाको प्रोसेसिङ्ग टाइम सामान्यतया: उन्नाइसदेखि चौबिस महिनासम्म लाग्न सक्छ। त्यस्तै पर्मानेन्ट पार्टनर भिसाका लागि प्रोसेसिङ्ग टाइम लगभग सोह्रदेखि एक्काइस महिना सम्म लाग्न सक्छ।

पार्टनर टेम्पोररी भिसा प्राप्त गरेको व्यक्तिले पर्मानेन्ट पार्टनर भिसा प्राप्त गर्न सक्छ। पर्मानेन्ट पार्टनर भिसा प्राप्त गरेपछि अष्ट्रेलियामा स्थायी रूपमा पढ्न ,बस्न र जागिर गर्ने अनुमति पाइन्छ। साथै अष्ट्रेलिया सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाको लाभ लिन सकिन्छ।

अष्ट्रेलियन सिटिजनशिप भएको व्यक्ति ,पीआर पाएको व्यक्ति वा न्युजिल्याण्डको सिटिजनशिप भएको व्यक्तिले आफ्नो पार्टनरको लागि यो भिसा स्पोन्सर गर्न सक्छ। पार्टनर भिसाका लागि आवेदन दिंदा अष्ट्रेलियाको नियम तथा कानून अनुसार विवाह गरेको प्रमाण पेश गर्नुपर्छ।यस सम्बन्धि विस्तृत जानकारी https://immi.homeaffairs.gov.au/home मा भेट्न सक्नुहुन्छ।