अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयुक्त हुने पर्थका सबर्ब

0
90

पर्थ वेस्टर्न अष्ट्रेलियाको राजधानी शहर हो। यो शहर अष्ट्रेलियाको धेरै जनसंख्या भएका शहरहरु मध्ये चौथो स्थानमा पर्दछ जुन अष्ट्रेलियाका ठूला शहरहरु मध्ये एक हो। पर्थमा जम्मा जम्मी ३५५ सबर्बहरु रहेका छन्।

इनसाइडर्स गाइडका अनुसार, यी हुन् अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयुक्त हुने पर्थका सबर्बहरु :

१ – West Leederville
यो सबर्ब पर्थ सिटी सेन्टरदेखि तीन किलोमिटरको दूरीमा पर्दछ। जहाँ छुट्टीको समय बिताउनका लागि क्याफे ,रेस्टुरेन्ट ,बार आदि प्रशस्त रहेका छन्। यहाँ विद्यार्थीलाई बसोबासका लागि सस्तोमा घरभाडा उपलब्ध हुन्छ। यातायातको लागि यहाँ ट्रेनको व्यस्था छ।

२ – North Fremantle
यो सबर्ब सामुद्रिक बिच र नदीको बीचमा अवस्थित छ। यातायातको लागि यहाँ बस का साथै ट्रेनको पनि व्यवस्था छ। युनिभर्सिटी अफ नट्रे डेम यहाँ देखि केहि दूरीमै पर्दछ। छुट्टीको समय बिताउनका लागि यहाँ रेस्टुरेन्ट ,बिच क्याफे ,हेरिटेज कटेज आदि छन्।

३ – Northbridge
यो सबर्ब पर्थ रेल्वे स्टेसन देखि केहि दूरीमै पर्दछ। यहाँ रेस्टुरेन्ट ,क्याफे ,बार आदि प्रशस्त भएका कारण विद्यार्थीलाई पार्ट टाइम जागिर पाउन सजिलो छ। यहाँका रेस्टुरेन्टहरुमा संसारका विभिन्न ठाउँका खाना चाख्न पाइन्छ। यहाँ स्टेट लाइब्रेरी ,थेटर ,म्युजियम ,आर्ट ग्यालरी पनि छन् जहाँ आफ्नो फुर्सदको समय सदुपयोग गर्न सकिन्छ।

४ – Scarborough
समुद्रको किनारमा रहेको यो घमाइलो सबर्बमा विद्यार्थीका लागि  बसोबास सस्तो पर्दछ। यातायातका लागि यहाँ बस र ट्रेन दुवैको सुविधा छ।
यहाँ पनि थुप्रै रेस्टुरेन्ट तथा बारहरु रहेका छन्। यहाँ गर्मीको मौसममा Scarborough Sunset Markets को आयोजना हुन्छ जहाँ खाना तथा नाचगानको व्यवस्था गरिएको हुन्छ।

५ – Mount Lawley
यहाँ  Edith Cowan University र Western Australian Academy of Performing Arts (WAAPA) campus रहेका छन्।  Perth CBD देखि तीस मिनेटमा हिडेरै पुग्न सकिन्छ। साथै यातायातका लागि यहाँ बस तथा ट्रेनका रुटहरुको पनि व्यवस्था छ। यहाँ बुकशप , बुटिक र स्वादिष्ट खाना पाइने रेस्टुरेन्टहरु पनि रहेका छन्। त्यस्तै यहाँ साउथ अमेरिकन खानाबाट प्रेरित भएका रेस्टुरेन्टहरु र स्टाइलिस बारहरु  रहेका छन्। यहाँ ऐतिहासिक  Astor Theatre पनि रहेको छ।

६ – South Perth
यहाँ विद्यार्थीको बसोबासका लागि सस्तोमा घर भाडा पाइन्छ। यहाँको समाज मैत्रीपूर्ण छ। यहाँ रेस्टुरेन्ट ,गार्डेन हुनुका साथै  Perth zoo  पनि
रहेको छ।  Curtin University तथा  The University of Western Australia मा अध्ययन गर्ने विद्यार्थीहरु यहाँ बसोबास गर्न रुचाउँछन्।

७ – Nedlands
यो सबर्ब नजिकै The University of Western Australia  रहेको छ। विद्यार्थीलाई यहाँ बसोबास गर्नका लागि घर भाडा सुपथ मूल्यमा उपलब्ध हुन्छ। पर्थको सबैभन्दा पूरानो सबर्ब Nedlands मा पार्क ,सुपरमार्केट ,रेस्टुरेन्ट ,बार आदि पनि रहेका छन्। यातायातको लागि यहाँ बस रुटहरुको व्यवस्था गरिएको छ।

८ – Victoria Park
नदीको दक्षिणतर्फ अवस्थित यो सबर्ब Perth CBD सँग ट्राफिक ब्रिज हुँदै जोडिएको छ जसले गर्दा  TAFE तथा  Curtin University को क्याम्पसहरुमा पुग्न सजिलो छ। यहाँ अमेरिकन स्टाइलको खाना पाइने ठाउँ Frank’s Bar-BQ, जापानिज खाना पाइने ठाउँ  Hakata Gensuke र  सबैभन्दा स्वादिष्ट  gelato पाइने ठाउँ  Pietro Gelataria रहेका छन्।