ह्वावे पी ५० सिरिज मार्चबाट बजारमा,के कस्ता छन फिचर ?

0
400

काठमाडौं – चिनियाँ ब्राण्ड ह्वावेले आउँदो मार्च महिनाको अन्तिम साताबाट ह्वावे पी ५० सिरिज सार्वजनिक गर्ने भएको छ । ट्वीटर लिकरले हालै ह्वावको पी ५० सिरिज अन्तर्गत ३ मोडल मार्च २६ देखि २८ बीचमा आउने खुलासा गरेका छन् ।

पी ५० मा किरिन ९००० ई प्रयोग गरिएको छ भने पी ५० प्रो र पी ५० प्रो प्लसमा फ्ल्यागशिप चिपसेट किरिन ९००० प्रयोग गरिएको छ ।कम्पनीले हालै यी मोडलको प्रोटोटाइप डिजाइन सकेको र केही दिनमै उत्पादन थाल्ने तयारी गरेको सो ट्वीटमा उल्लेख छ ।

साथै ह्वावेको यो अपकमिङ फ्ल्यागशिपमा नयाँ फिचरका रूपमा अल्ट्रा सेन्सिङ क्यामेरा सिस्टम, सुधारिएको डिस्प्ले र गेमिङ क्षमता रहेको बताइएको छ ।