अष्ट्रेलियाको मेलबर्नमा अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने पार्ट-टाइम जागिर

0
102

मेलबर्न अष्ट्रेलियाको दोस्रो ठूलो शहर हो। भिक्टोरिया स्टेटको राजधानी शहर भएको हुनाले मेलबर्न प्रशासनिक , व्यवसायिक र सांस्कृतिक केन्द्र पनि हो। जसका कारण यहाँ जागिरका अवसरहरु पनि प्रशस्त भेटिन्छन्।

यसका साथै मेलबर्नमा समय समयमा खेलकूद र कला संस्कृति सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना हुने गर्दछन्। यस्ता कार्यक्रमको आयोजना भैरहेको समयमा पनि विद्यार्थीले पार्ट टाइम जागिर पाउन सक्छन्। यहाँ पाइने जागिर तपाईंको काम सम्बन्धि अनुभव ,रूचि ,सीप र अंग्रेजी भाषा सम्बन्धि दक्षतामा भर पर्दछ।

यी हुन् आइएलएससीले सूचिकृत गरेका मेलबर्नमा विद्यार्थीले पाउन सक्ने जागिरहरु :

१ – हस्पिटालिटी क्षेत्रको जागिर

मेलबर्नमा थुप्रै होटेल ,रेस्टुरेन्ट ,क्याफे तथा बारहरु रहेका छन्। त्यसैले यहाँ वेटर ,किचन ह्याण्ड र बारटेन्डरको जागिरका लागि थुप्रै अवसरहरु प्राप्त हुन्छन्। त्यस्तै मेलबर्न अष्ट्रेलियाको coffee capital भएको हुँदा यहाँ हरेक गल्लीमा कफी क्याफे देख्न सकिन्छ। कफी बनाउने टेक्निक जानेमा यहाँ बरिस्टाको जागिर पाउन सकिन्छ।

२ – रिटेल्स क्षेत्रको जागिर  
मेलबर्नमा ठूला शपिंग मलहरु भएको हुँदा रिटेल्स क्षेत्रमा जागिर पाउन सकिन्छ। जस्तै :सेल्स असिस्टेन्ट , क्यासियर ,स्टोरकिपर ,स्टकर आदि।  साथै शहरमा भएका पसलहरुमा पनि सेल्स असिस्टेन्ट , क्यासियर ,स्टोरकिपर आदिको जागिर पाइन्छ।

३ – नानिको जागिर (बच्चा हेर्ने)
मेलबर्नमा रहेका धेरै अभिभावकहरु आफ्नो काममा व्यस्त रहने हुँदा आफ्ना बच्चाहरुका लागि नानिको व्यवस्था गर्दछन्। उनीहरुले अन्तर्राष्ट्रिय विद्यार्थीलाई नानिको लागि राख्न रुचाउँछन्। कतिपय अभिभावकले नानिको बसोबासको व्यवस्था पनि आफै गरिदिन्छन्।

४ – खाना डेलिभरी गर्ने जागिर
कतिपय रेस्टुरेन्टले ग्राहकको अर्डर अनुसार घरमा खाना पुर्याउने गर्दछन्। यसका लागि उनीहरुले डेलिभरी बोयको व्यवस्था गर्दछन्। डेलिभरी बोयको जागिर गर्नका लागि आफ्नो बाइक र लाइसेन्स हुनु जरूरी हुन्छ।

५ – क्लिनरको जागिर
मेलबर्नमा ठूला कम्पनि,होटेल ,रेस्टुरेन्ट  देखि लिएर प्राइभेट घरमा पनि क्लिनरको जागिर पाउन सकिन्छ। क्लिनरको काम गर्नका लागि अंग्रेजी भाषाको टेस्ट लिईदैन।

यदि तपाईंलाई अंग्रेजी भाषाको राम्रो ज्ञान छ भने रिसेप्सन ,एडमिन्सट्रेसन ,कल सेन्टर आदिमा जागिर पाउन सक्नुहुन्छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form