‘अष्ट्रेलियाका नेपाली रेष्टुरेन्टले पीआरवाला र विद्यार्थीलाई समान व्यवहार गर्नुपर्छ’

0
302

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँ रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

आजको टक सेसनमा हामीले खाना तथा रेष्टुरेन्टको बारेमा कुराकानी ‘फुड टक’ गरेका छौं। आजको फुड टकमा हाल मेलबर्न क्षेत्रमा बसिरहनुभएका उदय न्यौपानेसंग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ?
भक्तपुर हो। चाँगुनारायण निर पर्छ।

अष्ट्रेलिया आउनुभएको कति भयो ?
म अष्ट्रेलिया आएको दुई वर्ष पुग्यो।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
आइटिको विद्यार्थी हूँ। पढ्दै अनि काम गर्दै ।

खानामा कत्तिको सौखिन हुनुहुन्छ ?
मलाई नयाँ नयाँ परिकारहरु चाख्न मनपर्छ ।

तपाईंलाई मन पर्ने परिकार कुन हो ?
सबैभन्दा बढी मन पर्ने म:म।

नेपालको कुन खानाको परिकार ‘मिस’ गर्नुहुन्छ ?
बाफ म:म मिस गरेको छु।

नेपाली रेष्टुरेन्टमा कत्तिको जानुहुन्छ ? तपाईं गइरहने नेपाली रेष्टुरेन्ट कुन हो ?
गइरहन्छु। धेरैजसो बार्दली रेष्टुरेन्ट जान्छु।

नेपाली रेष्टुरेन्टमा खानाको मूल्य कत्तिको महँगो छ ?
यहाँका अरु रेष्टुरेन्टले राखेको मूल्य हेर्दा नेपाली रेष्टुरेन्टमा महँगो लाग्दैन। ठिकै छ।

नेपाली रेष्टुरेन्टको सेवा कस्तो पाउनुभएको छ ?
राम्रो सर्भिस हुन्छ।

नेपाली रेष्टुरेन्टले आफ्नो सेवा अझ राम्रो बनाउनको लागि के गर्नुपर्ला ?
पीआरवाला र विद्यार्थीहरुलाई समान रुपमा सम्मान तथा व्यवहार देखाउनुपर्यो। दुवै ग्राहक नै हो नि। तर कतिपय रेष्टुरेन्टले भेदभावपूर्ण व्यवहार गरिरहेको महसुस हुन्छ।

अन्त्यमा, तपाईंलाई भन्न मन लागेको अरु केही छ कि ?
सबै मिलेर बसौं। कसैले कसैलाई भेदभाव गर्ने, होंच्याउने नगरौं।