दर्शकको मन जित्दै कपिल सापकोटाको नयाँ गीत छमछमी

0
173

मेलबर्न। अष्ट्रेलियावासी गायक कपिल सापकोटाको स्वर तथा शब्दमा नयाँ गीत सार्वजनिक भएको छ। प्रणय दिवसको अवसरमा युट्युब मार्फत ‘छमछमी’ म्युजिक भिडियो सार्वजनिक भएको हो। नि:स्वार्थ प्रेमलाई व्यक्त गरिएको गीतमा मिस्टा चाम्लिङ्गको संगीत रहेको छ।

गीतको भावलाई कथानक रुपमा प्रस्तुत गरिएका कारण म्युजिक भिडियोलाई दर्शकहरुले मन पराइरहेका छन्। ऋषि सुफीको कथा रहेको यस म्युजिक भिडियोको निर्देशन पनि ऋषि स्वयमले गरेका हुन्। अंकित गिरी र इस्थर खड्गीको अभिनयले गीतको भावलाई जिवन्त बनाएको छ।

कथाको अझै अर्को भाग पनि आउने संकेत गरिएको यो म्युजिक भिडियोको सम्पादन अनुप राई र रापिल महर्जनले गरेका हुन्। त्यस्तै, रापिल महर्जन र हिमाल खड्काले म्युजिक भिडियो छायांकन गरेका हुन् । गीतको रेकर्ड्स मेक मनि रेकर्ड्सले गरेको हो भने म्युजिक भिडियोको निर्माण वकाव भिज्वल्सले गरेको हो।