सरस्वतीको आराधना गर्दै मनाईयो श्रीपंचमी

0
107

माघ शुल्क पंचमीका दिन मनाइने ‘श्रीपंचमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरि मनाईदै छ। हातमा विणा र पुस्तक लिएकी चन्द्रमा जस्तो गोरो वर्ण भएकी सरस्वतीलाई भक्तजनहरुले शारदा, भारती , हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री,  चन्दघण्टा, ब्रह्मचारिणी र भुवनेश्वरि जस्ता नामले पुकार्छन्।

 विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार कलाकार पत्रकार शिक्षक विद्यार्थी आ -आफ्नो कला -साधनका वस्तु कलम, कापी, कुची र वाद्य यन्त्र आदीलाइ सरस्वतीका रुपमा पुजा आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरुले तन्त्र सीद्दीका लागि तारादेवीका रुपमा मान्छन्।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पंचमी ‘पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्मकी अर्धांगिनी ब्रम्ह्यायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान सिद्धि र समृद्धि प्राप्त हुने उल्लेख छ। यस कारण सरस्वती पूजालाई महत्व दिईन्छ। 

आजको दिन सरस्वतीको पूजा गरि विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने विश्वास गरिन्छ। विवाह, वर्तबन्ध, गुफा राख्ने,  बेल विवाह (ईहि) जस्ता धार्मिक तथा सामाजिक कार्य गर्न आजको दिन साईत हेर्नु नपर्ने मान्यता रहेको छ। यस वर्ष भने शुक्र अस्त भएकाले विवाह वर्तबन्ध जस्ता कार्य यस पर्वमा गरिदैन। यस दिन बालबालिकालाई  शिक्षा आरम्भ गराउने, नाक-कान छेड्ने जस्ता कार्यलाई शुभ मानिन्छ। 

उपत्यकाका स्वयम्भु, मैतीदेवी र गैरिधारास्थित नील सरस्वती ललितपुरको लेले लगाएत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिर आज बिहानैदेखि पुजा -आजा गर्न भक्तजनहरु ,खासगरी छात्र- छात्राहरुको भीड लाग्ने गर्छ। सरस्वतीलाई चढाएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्या देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

 यो अवसरमा हनुमानढोका दरवारमा वसन्त श्रवण गरिन्छ।वसन्त श्रवणमा राजतन्त्र हुन्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्रअध्यक्षको नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ। नेपाल पनचाङ्ग निर्णयाक समितिले दिएको साईत अनुसार बिहान १०:१७ बजे हनुमानढोकाको नसालचोकमा वसन्त श्रवण कार्यक्रम रखिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित रहने हनुमान ढोकादरवार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिएका थिए।