अष्ट्रेलियाको भिक्टोरियामा समुदाय स्तरमा सोमबार थपिए २ नयाँ संक्रमित

0
120

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका चार जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २३ हजार ९ सय ५० जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये समुदाय स्तरका दुई जना र दुई जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो।

भिक्टोरियामा पछिल्ला केही दिन यता होटल क्वारेण्टिनबाट समुदाय स्तरमा संक्रमण फैलिएको छ। संक्रमण नियन्त्रणको लागि राज्य सरकारले लकडाउन जारी गरेको छ।

भिक्टोरियामा हाल सक्रिय संक्रमितको संख्या २५ रहेको छ।