अष्ट्रेलियाको भिक्टोरियामा संक्रमणको जोखिमयुक्त सूचीमा थपियो फलफुल मार्केट

0
117

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा पछिल्ला केही दिन यता समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ। सरकारले संक्रमण नियन्त्रणको लागि लकडाउन गरेको छ भने संक्रमणको जोखिमयुक्त ठाउँबारे निरन्तर जानकारी दिरहेको छ।

सोमबार संक्रमणको जोखिमयुक्त ठाउँको सूचीमा एउटा फलफुल मार्केट पनि थपिएको छ। Broadmeadows मा रहेको Sacca’s Fruit World जोखिमयुक्त स्थानको सूचीमा थपिएको हो। संक्रमण पुष्टि भएकी एक महिला उक्त ठाउँमा पुगेकी थिइन्।

स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी ९ मा दिउँसो १२:३० देखि १:१५ बजेसम्मको समयमा त्यहाँ पुगेकाहरुलाई तुरुन्त कोरोना परिक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन्।