‘अष्ट्रेलिया आउँदा रमाइलो मात्र सोंचेर नआउनुस्, मेहेनत गर्नको लागि बलियो बनेर आउनुस्’

0
218

नेपालबाट अष्ट्रेलिया आएर हाल अध्ययनरत विद्यार्थीहरुको अनुभव साट्ने ठाउँको रुपमा यो ‘स्टुडेन्ट टक’ शुरु गरिएको हो। यस अन्तर्गत आज हामीले गुल्मी स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहेका प्रमोद चन्दसंगको कुराकानी समावेस गरेका छौं।

अष्ट्रेलिया कहिले आउनुभएको हो ?
साढे दुई वर्ष भयो ।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया आउनुभएको थियो ?
+२ सकेर आएको हूँ।

अहिले कुन विषय पढ्दै हुनुहुन्छ ?
अकाउन्टिंग पढ्नको लागि आएको हूँ। अहिले डिप्लोमा गर्दैछु।

पढाइ बाहेक के-के कुरामा रुची राख्नुहुन्छ ?
सबैभन्दा बढी फुटबलमा रुची छ। अनि वर्कआउट।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
फरक हुन्छ नै। त्यहाँ सोंच्दा सहज लाग्छ। यहाँ आएपछि सुरुमा गाह्रो लाग्छ।

काम पाउन कत्तिको गाह्रो भयो ?
यहाँ पहिले नै मेरो नातेदारहरु हुनुहुन्थ्यो। त्यसैले काम खोज्न खासै गाह्रो भएन ।

अष्ट्रेलियाका सकारात्मक पक्षहरु के-के हुन् ?
आत्मनिर्भर बन्न सिकिन्छ अनि भविष्य राम्रो हुन्छ।

अष्ट्रेलियामा बस्दाका नकारात्मक कुराहरु के-के हुन् ?
बिहान उठ्यो काममा हिंड्यो। उही रुटिन। एक्लो जिन्दगी। परिवार ‘मिस’ हुन्छ।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ?
अष्ट्रेलियाले सबैभन्दा ठूलो कुरा, मेहनत गर्न र आत्मनिर्भर बन्न सिकायो ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया आउँदा खाने,बस्ने, रमाइलो गर्ने सोंचेर आउनुभएन। मेहेनत गर्नको लागि बलियो बनेर आउनुपर्यो।

अष्ट्रेलिया आउने विद्यार्थीका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफ्ना छोराछोरीलाई पैसाको प्रेसर नदिनुस्। त्यसो गर्दा उनीहरु निराशामा जाने खतरा हुन्छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
विद्यार्थीहरु संघर्ष सोंचेर डराउनु पर्दैन। आउन मन छ भने आउनुस्। मेहनत गर्न सके भविष्य राम्रो छ।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form