अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यद्वारा स्किल्ड भिसा प्रोग्राम बन्द

0
521

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले स्किल्ड भिसा प्रोग्राम ( सबक्लास १९० र ४९१) बन्द गरेको छ। क्विन्सल्याण्डले अस्थायी रुपमा स्किल्ड भिसा प्रोग्राम बन्द गरेको हो ।

क्विन्सल्याण्डले ४९१ र १९० स्किल्ड भिसाका लागि १ फेब्रुअरीदेखि आवेदन खुल्ला गरेको थियो। खुल्ला गर्दा नै वेबसाइट मार्फत क्विन्सल्याण्ड माइग्रेसन विभागले फेब्रुअरी ७ सम्म आवेदन दिन सकिने उल्लेख गरेको थियो।

फेब्रुअरी ८ मा स्किल्ड भिसा प्रोग्राम बन्द भएको छ। क्विन्सल्याण्ड माइग्रेसन वेबसाइटमा उल्लेख गरीए अनुसार, अब यसपछि अप्रिल महिनामा आवेदन खुल्ला हुनेछ।