‘अष्ट्रेलियामा संचालित नेपाली ब्युटी सलुनहरुका सर्भिस र प्रोडक्टमा भेराइटि कम हुन्छ’

0
643

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँको रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

नेपालको पर्वत स्थायी घर भएकी पविता क्षेत्री हाल अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएको छ। आजको फेशन एण्ड ब्युटी टकमा उहाँसंग सौन्दर्य क्षेत्र सम्बन्धि गरिएको संक्षिप्त कुराकानी :

अष्ट्रेलिया कहिले आउनुभएको हो ? र अहिले कहाँ बसोवास गर्दै हुनुहुन्छ ?
म तीन वर्ष पहिले अष्ट्रेलिया आएकी हूँ। अहिले क्विन्सल्याण्ड राज्यको ब्रिसबेन क्षेत्रमा बस्छु।

फेशनप्रति कत्तिको सौखिन हुनुहुन्छ ?
फेशनमा भन्दा पनि मेकअपमा बढी रुची छ।

तपाईं कुन ब्राण्डको लुगा लगाउने गर्नुहुन्छ ? लुगा किन्न धेरैजसो कुन ठाउँमा जानुहुन्छ ?
त्यस्तो ब्राण्ड नै भनेर फलो गर्दिन। लुगा किन्न चाहिं धेरैजसो एच एन एममा जान्छु।

तपाईं बसिरहेको ठाउँको वरिपरि नेपाली फेशन स्टोर या लुगा पसल कत्तिको छन् ?
छैन होला ! अहिलेसम्म यहाँ वरिपरी नेपाली फेशन स्टोर देखेकी छैन।

नेपाली लुगा लगाउन मन लागेमा अष्ट्रेलियामै किन्नुहुन्छ कि नेपालबाट मगाउनुहुन्छ ?
नेपालबाट मगाउने गरेकी छु।

नेपाली स्टोरमा नजानुको कारण के होला ?
वरिपरि छैनन् त्यसैले। लुगा कस्तो पाइन्छ भन्ने त जाँदै गएको छैन, गुणस्तर थाहा हुने कुरा भएन।

सलुन या ब्युटी पार्लर कत्तिको जाने गर्नुहुन्छ ?
कहिलेकाहीं जान्छु।

नेपाली सलुन या ब्युटी पार्लर जानुभएको छ ?
गएको छु।

कत्तिको महँगो छ ? सेवा कस्तो पाउनुभयो ?
महँगो छैन। सर्भिस पनि ठिकै हुन्छ। काम गर्ने मान्छे अनुसार फरक फरक हुन्छ।

उनीहरुले के कुरामा सुधार गरे अझै राम्रो हुनेथियो भन्ने लाग्छ ?
नेपाली कहाँ प्रोडक्ट र सर्भिसमा भेराइटी कम हुन्छ। भेराइटी बढाउनुपर्छ। र, सर्भिस अझै गुणस्तरीय बनाए हुन्थ्यो।