बलिउड फिल्म ‘राम तेरी गंगा मैली’ का नायक राजीव कपुरको निधन

0
67

काठमाडौं। बलिउड अभिनेता राजीव कपूरको निधन भएको छ । ऋषि कपूरको निधन भएको एक वर्ष नपुग्दै उनका भाइ राजीवको निधन भएको हो ।

५८ वर्षीय उनको ह्दयघातले निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । अस्पताल पुगे लगत्तै डक्टरले उनलाई मृत घोषित गरेका थिए ।

राजिवले ‘एक जान है हम’बाट अभिनयमा डेब्यू गरेका थिए । ‘राम तेरी गंगा मैली’मा पनि उनी प्रमुख भूमिकामा थिए । ‘आसमान’, ‘लभर ब्वाइ’, ‘जबरजस्त’, ‘हम तो चले पर्देस’लगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म ‘जमिनदार’ हो ।

‘प्रेमग्रन्थ’ नामक फिल्मबाट निर्देशनमा पनि हात हालेका उनी दाजु ऋषिले निर्देशन गरेको ‘आ अब लौट चले’का निर्मातासमेत थिए । ऋषिको यसअघि नै निधन भइसकेको छ ।