अष्ट्रेलियामा पढाइ हुने भोकेसनल कोर्स के हो?

0
595

यदि तपाईं कुनै पेशामा लाग्न चाहनुहुन्छ भने त्यसका लागि अध्ययन गर्न उपयुक्त कोर्स रोज्नुपर्छ। अष्ट्रेलियामा विभिन्न किसिमका भोकेसनल कोर्सहरु उपलब्ध छन्। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई वर्षे भोकेसनल कोर्स गर्नु निकै फाइदाजनक हुन्छ।

युनिभर्सिटीका पाठ्यक्रममा सैद्धान्तिक ज्ञान दिइन्छ भने भोकेसनल कोर्समा व्यवहारिक ज्ञान दिइन्छ। भोकेसनल कोर्समा पनि युनिभर्सिटीमा जस्तै विभिन्न योग्यता अनुसारका विभिन्न विधाहरु हुन्छन्। अन्तर्राष्ट्रिय विद्यार्थीले बजारमा माग भएको पेशासँग सम्बन्धित भोकेसनल कोर्स गरेर आफ्नो योग्यता र सीप बढाएमा सहजै जागिर पाउन सक्छन्।

टेक्निकल एण्ड फर्दर एजुकेसन इन्स्टिच्युट ,प्राइभेट कलेज , स्कूल र युनिभर्सिटीहरुले अष्ट्रेलियामा भोकेसनल कोर्स उपलब्ध गराउँछन्। यी कोर्सहरु बिजनेस ,टुरिजम ,मार्केटिंग ,कम्प्युटिंग र हस्पिटालिटी सम्बन्धि हुन्छन्।

Are you Planning to Study in Australia ? If yes, Just Click Here and fill this form.