‘अष्ट्रेलियामा नेपाली रेष्टुरेन्टहरुले नेपाली स्वादलाई प्राथमिकतामा राखिदिए हुन्थ्यो’

0
242

अष्ट्रेलियामा रहेका सबै नेपालीको लागि आफ्नो अनुभव र चाहना राख्न पाउने ठाउँ रुपमा तथा नेपाली व्यवसाय प्रबर्द्धनको लागि हिमालयन कंगारुले ‘टक’ सेसन राखेको छ। जसमा अष्ट्रेलियामा बसेका नेपालीहरुसंग विभिन्न विषयमा गरिएको कुराकानी समावेश गरिन्छ।

आजको टक सेसनमा हामीले खाना तथा रेष्टुरेन्टको बारेमा कुराकानी ‘फुड टक’ गरेका छौं। फुड टकमा हाल मेलबर्न क्षेत्रमा बसिरहनुभएकी सिता बास्तोलासंग गरिएको संक्षिप्त कुराकानी :

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो स्थायी घर चाहीं पोखरा हो।

अष्ट्रेलिया आउनुभएको कति भयो ?
दुई वर्ष अगाडी आएकी हूँ।

हाल अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?
विद्यार्थी हूँ। पढ्दै अनि काम गर्दै।

खानामा कत्तिको सौखिन हुनुहुन्छ ?
खाना पकाउनु र खानु मेरो रुची भित्रमा पर्छन्। समय मिलेसम्म आफै पकाउँछु।

तपाईंलाई मन पर्ने परिकार कुन हो ?
सबै नेपालीको लागि अहिले मनपर्ने परिकार भनेकै म:म। मलाई पनि म:म मनपर्छ।

नेपालको कुन खानाको परिकार ‘मिस’ गर्नुहुन्छ ?
बफ म:म। यहाँ पनि पाइन्छ तर त्यो स्वाद हुँदैन।

नेपाली रेष्टुरेन्टमा कत्तिको जानुहुन्छ ? तपाईं गइरहने नेपाली रेष्टुरेन्ट कुन हो ?
जान्छु। धेरैजसो मेलबर्नमा रहेको एभरेष्ट रेष्टुरेन्ट जान्छु।

नेपाली रेष्टुरेन्टमा खानाको मूल्य कत्तिको महँगो छ ?
अरु रेष्टुरेन्टको तुलनामा हेर्दा खासै महँगो छैन।

नेपाली रेष्टुरेन्टको सेवा कस्तो पाउनुभएको छ ?
सर्भिस राम्रो छ। सुधारोन्मुख छ।

नेपाली रेष्टुरेन्टले आफ्नो सेवा अझ राम्रो बनाउनको लागि के गर्नुपर्ला ?
खानाको मेनुमा भेराइटि कम हुन्छ। भेराइटि थप्नुपर्यो। अनि नेपाली स्वादलाई प्राथमिकतामा राख्नुपर्यो। हामीहरु नेपाली स्वादकै लागि नेपाली रेष्टुरेन्ट पुगेका हुन्छौं।

तपाईं बसिरहनुभएको ठाउँ वरिपरि नेपाली रेष्टुरेन्ट कत्तिको छन् ?
वरिपरि छैन। नेपाली रेष्टुरेन्ट जान मन लाग्यो भने मेलबर्न सिटिमै पुग्नुपर्छ।

अन्त्यमा, तपाईंलाई भन्न मन लागेको अरु केही छ कि ?
नेपाली रेष्टुरेन्टहरु एकै ठाउँमा मात्र केन्द्रित नभएर नेपाली भएका ठाउँहरुमा खुलिदिए हुन्थ्यो।